• आइतबार, साउन १० २०८३

पार्टी फुटाउनका लागि खुमलटारमा मात्रै २८० बैठक भए : प्रधानमन्त्री ओली


आइतबार, पुष १९ २०७७
750
Shares


काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटाउनका लागि खुमलटारमा वैशाख यता २८० वटा वैठक बसेको बताएका छन्।

नेकपा विभाजन गर्नका लागि पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले ३ सय १५ बैठक गरेको बताएका छन् । उनले वैशाख १३ गतेदेखि पुस ४ गतेसम्म ३ सय १५ बैठक बसेकामा २ सय ८० बैठक दाहाल निवास खुमलटारमा बसेको बताए ।

आफूनिकट विद्यार्थीको भेलामा ओलीले पार्टी विभाजनका लागि दाहाल र नेपाल पक्षले सयौं भेला गरेको खुलासा भएको बताए ।

बिहान बालुवाटारमा बसेर कहाँ कति बैठक बसेका रहेछन् भनेर गणना गर्दा उक्त संख्या पत्ता लागेको ‌ओलीको भनाइ थियो । उनले एकरदुई जनाका भेटलाई त्यसमा गणना नगरेको बताए ।

उनले अव अलमलमा नपरी सांगठनिक गतिविधिमा अगाडि बढ्न आग्रह गरे। अनेरास्ववियूलाई एक नम्बरको संगठन बनाउन र टाढैबाट चिनिने खालको अनेरास्ववियूको सदस्य बन्न समेत उनले आग्रह गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार