• आइतबार, साउन १० २०८३

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक नारा लगाउने व्यक्तिलाई खोज्दै प्रहरी


आइतबार, पुष १९ २०७७
710
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित गालीगलौज गर्ने व्यक्तिको खोजीमा प्रहरी जुटेका छन् ।

संसद विघटनको विपक्षमा गत मंगलबार भएको प्रदर्शनका क्रममा अमर्यादित नारा लगाउने व्यक्तिको प्रहरीले खोजी गरिरहेको हो ।

गत मंगलबार नेकपा प्रचण्ड–माधव समूहले गरेको प्रदर्शनका क्रममा आपत्तिजनक नाराबाजी गरिएपछि यस विषयमा बालुवाटारले पनि चासो देखाएको थियो । गृह मन्त्रालय पुगेर महिला नेतृहरुले कारबाहीको माग समेत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार