• शनिबार, असोज १० २०८३

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी


आइतबार, पुष १९ २०७७
960
Shares

काठमाडौं । नेकपाका प्रचण्ड—माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा केहीबेर अगाडि बैठक सुरु भएको हो ।

पार्टी विभाजनपछि यो समूहको स्थायी कमिटी बैठक पुस ९ मा बसेको थियो । त्यसपछि पुस १४ मा देशभर प्रदर्शन गरेको यो समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिसकेको छ ।

यो समूहले संसद पुनर्स्थापना र नेकपाको वैधानिकताको लागि दबावमुलुक संघर्षको कार्यक्रम गरिरहेको छ । शनिबार मात्रै दोस्रो चरणको कार्यक्रम घोषणा गरेको यो समूहले संघर्षको थप रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको एक नेताले बताए ।

त्यस्तै विभाजनका क्रममा महासचिव विष्णु पौडेल ओली समूहमा लागेपछि रिक्त रहेको महासचिवका विषयमा छलफल हुने भए पनि आज भने त्यसको टुंगो नलाग्ने एक नेताले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार