• शनिबार, असोज १० २०८३

राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधरले आत्तिनु पर्दैन : कमल थापा


आइतबार, पुष १९ २०७७
645
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधरले आत्तिनु नपर्ने बताएका छन्।

अध्यक्ष थापाले आइतबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै यस्तो बताएका हुन।

राजसंस्थासहितको लोकतन्त्रले शान्ति र समृद्धिको लक्ष्य हासिल हुने उनको दावी छ। उनले कसैलाई पनि निषेध नगर्न आग्रह गर्दै निषेधले द्वन्द्व निम्त्याउने बताएका छन्।

‘राजसंस्था कायम हुंदा गणतन्त्र पक्षधरले आत्तिनुपर्दैन। राजसंस्था सहितको लोकतन्त्रले शान्ति र समृद्धिको लक्ष्य हासिल हुन्छ। कसैलाई निषेध नगरौँ, निषेधले द्वन्द निम्त्याउँछ’, अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्।

राप्रपाले पछिल्लो समय देशभर हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि प्रदर्शन गर्दै आएको छ। शुक्रबार राप्रपाले काठमाडौमा बृहत् प्रदर्शन गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार