• आइतबार, साउन ३१ २०८३

पृथ्वीजयन्तीमा गोरखा आउदै राप्रपा अध्यक्ष थापा


आइतबार, पुष १९ २०७७
965
Shares


पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यस वर्ष ७७ वटै जिल्लामा विविध कार्यक्रम गरी मनाउने भएको छ।

यसपटक गोरखामा हुने कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा सहभागी हुने भएका छन्।

थापा गोरखामा हुने र्‍यालीमा सहभागी भई पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्ने र गोरखावासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा नेता मोहन श्रेष्ठले बताए।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे—चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकिकरण गरी सिंगो नेपाल निर्माण गरेका थिए।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ। हरेक वर्ष पुस २७ गते पृथ्वीजयन्ती मनाइन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार