• आइतबार, साउन १० २०८३

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै


आइतबार, पुष १९ २०७७
2.9K
Shares


काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि पुनः बस्दै छ। १० पुसदेखि स्थगित भएको बैठक आजदेखि पुनः बस्न लागेको हो।

संसद विघटन भएपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले पुस ७ गतेदेखि केन्द्रीय समिति बैठक सुरु गरेको थियो । सो बैठक १० गतेदेखि स्थगित गरिएको थियो ।

आजको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आजको बैठकमा धारणा राख्ने क्रम जारी रहने कांग्रेस केन्द्रीय सदस्य डा। मीनेन्द्र रिजालले जानकारी दिए ।

यसअघिको बैठकमा केन्द्रीय सदस्यहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै आन्दोलनमा जानुपर्नेमा जोड दिएका थिए । कांग्रेसमा संसद विघटनविरुद्ध आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा तीब्र विवाद छ।

सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको मध्यावधि चुनावको पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल त्यसको विरुद्धमा उभिएका छन्। पौडेलले संसद विघटनविरुद्ध संयुक्त आन्दोनल गर्नुपर्ने पक्षमा अभिव्यक्ति दिँदै आएका छन्।

सभापति देउवा निकट नेता गोपालमान श्रेष्ठले आजदेखि केन्द्रीय समिति बैठक फेरि शुरु हुने भए पनि सर्वोच्चको निर्णय नआएसम्म संसद विघटनका सम्बन्धमा कुनै निर्णय नहुने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार