• आइतबार, साउन ३१ २०८३

संसद् विघटनबारे सर्वोच्चलाई जवाफ पेस गर्दै राष्ट्रपति कार्यालय


आइतबार, पुष १९ २०७७
800
Shares

काठमाडौं । संसद् विघटनका विषयमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ राष्ट्रपतिको कार्यालयले आज (आइतबार) पेस गर्ने भएको छ।

संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न आज पुस १९ गतेसम्मको समयसीमा दिएको थियो।

सोहीबमोजिम आवश्यक प्रक्रिया पूरा गरी आज लिखित जवाफ पेस गर्न लागिएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् । अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने जिकिर गर्दै सर्वोच्च अदालतमा एक दर्जन रिट दायर भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार