• आइतबार, साउन १० २०८३

केन्द्रिय राजनीतिको प्रभाव गण्डकी प्रदेशमा पर्दैन : मुख्यमन्त्री गुरुङ


शनिबार, पुष १८ २०७७
695
Shares

गोरखा । केन्द्रिय राजनीतिको प्रभाव गण्डकी प्रदेशमा नपर्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दावी गरेका छन् ।

अगुवा कार्यकर्ता भेला कार्यक्रमका लागि शनिबार गोरखा सदरमुकाम आएका मुख्यमन्त्री गुरुङले पत्रकारसंगको कुराकानीमा गण्डकी सरकारमा केन्द्रिय राजनीतिको प्रभाव नपर्ने बताएका हुन ।

अरु प्रदेशमा जस्तो सरकारविरुद्ध अविश्वासको प्रस्ताव गण्डकीमा आउने सम्भावना नरहेको बताउदै नेकपा ओली निकट गुरुङले प्रदेश सरकार निर्माणमा गरिएको एकतालाई निरन्तरता दिइने बताएका छन् ।

तर यदि प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव ल्याए सामना गर्न आफु तयार रहेको उनले बताए ।

साथै उनले प्रचण्ड–नेपाल पक्षले छापामार शैलीमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्इाउन खोजेकाले बाध्य भएर प्रधानमन्त्रीले संसद विघटनको निर्णय लिनुपरेको बताएका छन् ।

तर संसद विघटनकै कारण पार्टी फुट्नुपर्छ भन्ने मान्यता आफुहरुको नरहेको बताउदै उनले निर्वाचनले झनै नयाँ जनादेशका लागि अवसर प्रदान गरेको दावी गरेका छन् ।

त्यस्तै उनले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाको संस्थापन आफुहरु रहेको समेत दावी गरेका छन् । कार्यकारी अध्यक्ष र महासचिव रहेको पार्टी नै विधान अनुरुप पार्टीको संस्थापन रहने बिषय उल्लेख रहेको उनको तर्क छ ।

उनले अदालतको फैसलाका आधारमा तोकिएको मितिमा चुनाव हुने वा नहुने बारे निर्णय हुने समेत बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार