प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ।
शनिबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले दोस्रो चरणका आान्दोलनका कार्यक्रम घोषणा गरेको हो।
नेकपाले पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो।
जसमा देशभर विरोध प्रदर्शन, भेला, मसाल जुलुस, सभा र विभिन्न राजनीतिक दलहरुसँग अन्तरक्रिया गर्नेलगायतका कार्यक्रम छन् ।
आन्दोलनका क्रममा संविधान वाचन तथा व्याख्या गर्ने कार्यक्रम समेत राखिएका छन् । माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम राखिएको छ । नेकपाको एउटा गुट पार्टीबाट अलग भएको छ ।
प्रतिनिधिसभा पुनःस्थापनाको मागमा विपक्षी दलहरुको संयुक्त आन्दोलन गर्ने प्रयास असफल भएपछि प्रचण्ड–माधव पक्षले एक्लै आन्दोलन गर्न लागेको हो ।

