• शनिबार, असोज १० २०८३

नेकपा विवादः निर्वाचन आयोगले पठायो दुवै पक्षलाई पत्र


शुक्रबार, पुष १७ २०७७
765
Shares


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता र सूर्य चुनाव चिन्ह दाबी गरेका नेकपाका विभाजित दुवै पक्षलाई निर्वाचन आयोगले त्यसबारे पत्राचार गरेको छ।

आज शुक्रबार दुवै पक्षलाई पत्र लेखी त्यसबारे पत्राचार गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

सत्तारुढ नेकपा विभाजनको क्रममा गएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पक्ष र प्रचण्ड–नेपाल नेतृत्वको नेकपा दुवैले आफूहरु आधिकारिक नेकपा भएको दाबी गरेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपालले नेतृत्व गरेको पक्षले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा गई आफूहरु नै मूल पार्टी भएको हुँदा पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफूहरुसँग हुनुपर्ने दाबी गरेको छ।

सो विषय टुंगो लगाउने क्रममा आयोगले आज शुक्रबार दुवै पक्षलाई पत्राचार गरेको थपलियाले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार