काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपामा आएको विवादपछि आधिकारिकताका लागि प्रचण्ड–माधव नेपाल पक्षले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाइदिएको दावी गरेका छन् ।
शुक्रबार प्रवासी नेपाली मन्चका कार्यकर्तालाई जुममार्फत सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सूर्य चिन्ह र नेकपा पनि आफ्नै समूहको हुने दावी गरे ।
उनले सूर्य चिन्ह पनि आफ्नै भएको भन्दै कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरे । यसैबीच निर्वाचन आयोगले भने ओलीको दावीबारे केही बताएको छैन ।
ओलीको दावीपछि निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले त्यसबारे आफूलाई जानकारी नभएको बताए ।