• शनिबार, असोज १० २०८३

वैधानिकता निर्वाचन आयोगबाट होइन जनताबाट प्राप्त हुन्छ : ओली


शुक्रबार, पुष १७ २०७७
840
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा आधिकारिक भएको दावी गरेका छन्।

अंग्रेजी नयाँ वर्षको अवसरमा प्रवासी नेपाली एकता मञ्चहरुले संयुक्त रुपमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको वैधानिकता निर्वाचन आयोगबाट नभई जनताबाट प्राप्त हुने बताएका हुन्।

उनले निर्वाचन आयोगमा एउटा निवेदन दिँदैमा वैधानिकता प्राप्त नहुने बताए।

उनले आफूहरु कहाँ छौँ भन्ने कुरा जनताले देखेको भन्दै प्रचण्ड–नेपालहरु सडकमा छातीमा कागज टाँसेर यहाँ छौँ भन्ने अवस्थामा आइपुगेको बताए।

उनले आफूहरु आधिकारी पार्टी भएका कारण नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग जानू नपर्ने बताए। हामीसँग पार्टी भएका कारण अर्को पार्टी दर्ता गर्न जाँदैनौँ’, उनले भने।

प्रधानमनत्री ओलीले प्रचण्ड–नेपाल समूहका गतिविधिले आम कार्यकर्ताको मन दुखेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार