काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।
पार्टी विभाजनका क्रममा कुनै पनि समूहमा नलागी तटस्थ बसेका उपाध्यक्ष गौतम शुक्रबार बिहान साढे ९ बजे अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन्। उनीहरुबीच झण्डै आधा घण्टा छलफल भएको खुमलटार स्रोतले जनाएको छ।
नेकपा विभाजनपछि गौतम कुनै समूहमा खुलेका छैनन् । उनले नेकपा विभाजन रोक्न प्रयासमा आफु रहेको बताउँदै आएका छन् ।