• आइतबार, साउन १० २०८३

पूर्वमन्त्री बस्नेतले भने : राष्ट्रपती ज्यू ! राजीनामा दिएर चुनाब लड्न आउनुहोस्


शुक्रबार, पुष १७ २०७७
770
Shares

गोरखा । नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले राष्ट्रपती विद्यादेवी भण्डारीको राजीनामा मागेका छन् । जिल्ला सदरमुकाम गोरखामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले राष्ट्रपती आफ्नो पद र गरिमा भुलेको आरोप लगाए ।

‘उहाँ त राष्ट्रको प्रमुख हो । तर केपी ओली गुटको नेता जस्तो पो बन्नु भयो,’ उनले भने, ‘अब उहाँले राष्ट्रपतीबाट राजीनामा लगाएर केपी ओली गुटको सदस्य लिएर चुनाव लड्न आए हुन्छ ।’

प्रधानमन्त्री ओलीले संबिधानको भावना र मर्मलाई भूलेर सत्ता स्वार्थका लागि संसद बिघटन गरेको उनको आरोप छ । यसमा विदेश चलखेल समेत भएको हुन सक्ने उनले बताए । ‘यहाँ त पहिले देखि नै दरबार बलियो भएका बेला दलहरुलाई उचाल्ने, दलहरु बलियो भएको बेला दरबारलाई उचाल्न दक्षिण (भारत) ले भूमिका खेल्ने गरेको इतिहास छ,’ पूर्व मन्त्री समेत रहेका बस्नेतले भने,‘यस पटक पनि केही गम्भीर चलखेल भएको छ । काँग्रेस त्यसको बिरोध गर्दछ ।’

नेपाली काँग्रेस संबिधान, विधि र प्रक्रियाको पक्षमा रहेको उनले दाबी गरे । सरकारले निर्वाचनको घोषणा गरेपनि बिश्वस्त हुने अबस्था नरहेको उनको आशंका छ । ‘एउटा व्यक्तिको लहड र नेकपाको घर झगडाले संसद विघटन हुनु दुखःद हो ।

हामी यसको कडा बिरोध गछौं । तर यो विषय अदालतमा पुगिसेको छ,’ उनले भने, सम्मानित सर्वोच्च अदालतले जे निर्णय गर्छ काँग्रेस त्यसको पक्षमा लाग्ने छ ।’ सोही अनुसार अहिले देशभर बिरोध कार्यक्रम तय गरिएको उनले बताए । केही दिनपछि बस्ने केन्द्रिय समितिको बैठकले भावी आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनको भनाई छ ।

‘हामी निर्वाचनको पक्षमा छौं । तर अहिलेको सरकारले निर्वाचन गराउला त ? भन्ने आशंका पनि उत्तिकै छ,’ उनले भने, ‘केपी ओली साच्चिकै चुनाब गराउन प्रतिबद्ध भए काँग्रेस चुनाबमा जान सक्छ । तर उनको क्रियाकलापले विश्वास गर्न सकिदैन ।’

प्रधानमन्त्री ओलीको कदमले अहिले संबिधान र संघियता धरापमा परेको नेता बस्नेतको भनाई छ । जसका कारण प्रतिगमनकारीहरु सलबलाएको उनले बताए । ‘यसको प्रभाव बिस्तार प्रदेशमा पनि देखिन थालेको छ । कतिपय प्रदेशमा मुख्य मन्त्री बिरुद्ध अविश्वासका प्रस्ताब दर्ता भएका छन् । यसले संघियता बिरोधी तत्वलाई मद्दत गरेको छ,’ उनले भने, ‘संबिधान र संघियता जोगाउन काँग्रेसले कुनै कसर बाँकी राख्दैन ।’

प्रदेश सरकार बनाउने र गिराउने काममा काँग्रेसको भूमिका भने त्यहाँको परिवेश अनुसार निर्धारण हुने उनले बताए । ‘जुन ठाउँमा जे उर्पयुक्त हुन्छ त्यही गर्ने हो,’ काँग्रेसको खेलकुद बिभागका संयोजक समेत रहेका नेता बस्नेतले भने, ‘त्यो निर्णय त्यति बेला नै लिइन्छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार