गोरखा । नेपाली काँग्रेसले ४५ औं मेलमिलाप दिवशको अबसर पारेर रक्तदान कार्यक्रम गरेको छ । नेपाली काँग्रेस गोरखाको सहयोग, काँग्रेस केन्द्रीय खेलकुद बिभागको आयोजना र नेपाल रेडक्रस सोसाईटीको समन्वयमा सदरमुकामको हरमटारी चोकमा रक्तदान कार्यक्रम भएको हो ।
विभागका केन्द्रिय सदस्य सिपी पोखरेलको अध्यक्षता तथा केन्द्रिय संयोजक मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । ‘कोभिडका कारण अहिले धेरै विरामीलाई रगतको आवश्यता परेको छ । अस्पतालहरुमा प्रयाप्त रगत छैन’ कार्यक्रमको उद्घाटन गर्दै काँग्रेस केन्द्रिय सदस्य समेत रहेका पूर्व मन्त्री बस्नेतले भने, ‘उहाँहरुको जिवन रक्षाका लागि हामीले जिल्ला जिल्लामा रक्तदान कार्यक्रम गरिरहेका छौं ।’
उक्त विभागको पहलमा २२ भन्दा बढि जिल्लामा रक्तदान कार्यक्रम भइसकेको उनले बताए । संकलित रगत रक्तसञ्चार गृह भरतपुर पठाइएको नेपाल रेडक्रश सोसाइटी गोरखा शाखाले जनाएको छ ।
बि.स २०३३ पुस १६ गते तत्कालीन काँग्रेस सभापति विपी कोइराला र नेता गणेशमान सिंह निवासित जिवन त्याग गरि मेलमिलापको राष्ट्रिय शक्तिहरु वीच घोषणा गरेको सम्झनामा हरेक वर्ष दिवश मनाउने गरिएको छ ।