• आइतबार, साउन १० २०८३

हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाले शुक्रबार शक्ति प्रदर्शन गर्ने


बिहिबार, पुष १६ २०७७
1.1K
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १७ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ।

कोभिड–१९ को महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र तीब्र गतिमा भइरहेको धर्म परिवर्तन रोक्न माग गर्दै राप्रपाले प्रदर्शन गर्न लागेको हो।

राप्रपाले हिन्दु सापेक्ष राज्य र राजतन्त्र पुनर्स्थापनाको माग गर्दै आएको छ।

यस्तै, राप्रपाले २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन माग गरेको छ।

प्रदर्शनका क्रममा राप्रपाले आरक्षणबाट बञ्चित रहेका तर आर्थिक रुपमा विपन्न ‘अन्य समूदाय’ लाई १० प्रतिशत आरक्षण दिन माग गर्ने भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार