• आइतबार, साउन १० २०८३

ओलीको असंवैधानिक कदमले देश संकटतर्फ धकेलियो : देउवा


बिहिबार, पुष १६ २०७७
815
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद विघटन गरी चुनाव घोषणा गरेर असंवैधानिक कदम चालेकोले देश संकटतर्फ धकेलिएको बताएका छन्।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले बिहीबार बिहान आयोजना गरेको भर्चुअल संवादमा देउवाले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न हुने बेलामा प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताए।

उनले संविधानविपरीत प्रधानमन्त्रीले प्रतिनिधि सभा भंग गरी अचानक चुनाव घोषणा गरेर देशलाई संकटको भुमरीमा हालेको बताए। उनले कांग्रेसले प्रधानमन्त्रीको उक्त कदमको विरोध गर्दै आएको बताए।

उनले यो विषय अहिले सर्वोच्च अदालतमा पुगेको भन्दै अदालतमा रहेको विषयलाई प्रभावित पार्नेगरी कांग्रेसले अहिले सडक आन्दोलन नगर्ने बताए। उनले आफूहरु कसरी अगाडि बढ्ने भन्ने कुरा अदालतको फैसलापछि तय हुने बताए। उनले प्रधानमन्त्रीको असंवैधानिक कदमको भने विरोध गर्ने बताए।

सभापति देउवाले बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएको भएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार