गोरखा । भीमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेलाई कोरोना संक्रमण भएको छ । बुधबार उनको पिसिआर परीक्षण गरिएको थियो । ‘बिगत केहि समय देखि उहाँको स्वास्थ्यमा समस्या आएकाले पिसिआर परीक्षण गराउनुभयो । उहाँ र सवारी चालकको समेत पोजेटिभ रिर्पोट आएको छ,’ पाण्डेका स्वकिय सचिव कुबेर पौडेलले भने । अध्यक्ष पाण्डेको काठमाण्डौको अल्का केयर अस्पतालमा उपचार गरिएको उनले बताए ।
बुधबार जिल्लामा थप ६ जना कोरोना संक्रमित भएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार विज्ञप्ती जारी गर्दै उक्त कुराको पुष्टि गरेको हो । थपिएका कोरोना संक्रमितहरुमा गोरखा नगरपालिका ५ का २३ वर्षीय पुरुष र ११ की ३७ वर्षकी महिला रहेकी छिन् । यसैगरी भीमसेन थापा गाउँपालिका वडा नम्बर १ का २७ र ४५ वर्षका पुरुष रहेका छन् । शहिद लखन गाउँपालिका ३७ वर्षका पुरुष र ३४ वर्षीय महिलामा पनि सक्रमण देखिएको निर्देशनालयले पुष्टि गरेको छ ।