• आइतबार, साउन १० २०८३

भोलि राष्ट्रियसभा सदस्यहरुको निःशुल्क कोरोना परीक्षण


बुधबार, पुष १५ २०७७
825
Shares

काठमाडौं । भोलि राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस (कोभिड–१९) निःशुल्क परीक्षण गरिने भएको छ ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान भएको छ ।

पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । सांसदहरुको आग्रहमा स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निःशुल्क परीक्षण गर्न लागेको पाण्डेले बताए ।

नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रवेश दिइनेछ । साथै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सबै सदस्यहरुलाई अपील गरेका छन् ।

साथै प्रतिनिधिसभा नभएकाकाले विधेयकहरु दुवै सदनबाट पास गरेर ऐन बनिहाल्ने अवस्था छैन । त्यसैले सरकारी विजनेस नभए अधिवेसन लामो समय नचल्ने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार