• शनिबार, असोज १० २०८३

कमला ह्यारिसले लगाइन् कोरोनाविरुद्धको खोप


बुधबार, पुष १५ २०७७
600
Shares


काठमाडौं । अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले कोरोनाविरुद्धको खोप लगाएकी छिन्।

सीएनएनका अनुसार ह्यारिसमा मोडेर्नाले निर्माण गरेको खोपको पहिलो डोज लगाइएको हो।

‘म सबैलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह गर्न चाहन्छु। यो लगाउँदा दुख्दैन। खोप लगाउने काम चाँडै हुन्छ। यो सरक्षित छ’ खोप प्रयोग गरेसँगै ह्यारिसले भनेकी छिन्,‘म वैज्ञानिकहरुलाई विश्वास गर्दछु। खोप लगाउने पालो अब तपाइँको।’

मोडेर्नाको खोप ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ।

अमेरिकामा सबैभन्दा पहिले प्रयोगका लागि अनुमति दिइएको खोप फाइजर र बायोएनटेकले निर्माण गरेको खोप हो। यो खोप पनि ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार