• आइतबार, साउन १० २०८३

न वैशाखमा चुनाव हुन्छ, न त ओली प्रधानमन्त्री रहिरहनुहुन्छ : वर्षमान पुन


बुधबार, पुष १५ २०७७
855
Shares


काठमाडौं । प्रचण्डनेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)ले वैशाखमा चुनाव पनि नहुने र केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका छन् ।

गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनन्तले चार महिनामा चुनाव नहुने र ओली पनि सत्तामा नरहने बताए । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर संविधान र आफ्नै राजनीतिक जीवन धरापमा पारेको उनले बताए ।

इतिहासको दिशालाई उल्ट्याउन खोज्दा ओलीको राजनीतिक जीवन नै धरापमा परेको भन्दै निवर्तमान ऊर्जामन्त्री समेत रहेका पुनले भने, ‘अब न वैशाखमा चुनाव हुन्छ, न त उहाँ प्रधानमन्त्री रहिरहनुहुन्छ ।’

यद्यपि ओलीले सैनिक सत्ता–संकटकाल लगाएर भए पनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको उनको आरोप छ ।

आफैंले मिचेको संविधानलाई ट्रयाकमा फर्काउन योगदान गरे ओलीलाई इतिहासले कहीँ न कहीँ सम्मान गर्ने उनले बताए । ‘नभए जनताले बालुवाटारको झ्यालबाट फाल्छन्, समयमै यो कुरा हेक्का राख्दा राम्रो होला,’ पुनले चेतावनी दिए ।

प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई बैधता दिएको भन्दै उनले राष्ट्रपतिको पनि आलोचना गरे । साथै मध्यावधि निर्वाचन घोषणा गरेपछि सरकारलाई कामचलाउ नगर्नु संविधान उल्लंघन भएको नेता पुनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार