काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझ्न नसकेको भन्दै जनतासँग माफी मागेका छन् ।
आफूहरुले नै बनाएको प्रधानमन्त्रीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्यो भन्नुपर्दा आफूहरुलाई अप्ठ्यारो लागेको उनले बताए ।
संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले सच्चिनुभयो होला भनेको तर ओली त अझै बयलगाढामै रहेछन् भन्दै उनले जनतासँग क्षमा याचना गरे ।
ओली निरंकुश तानाशाह रहेको र उनले देशलाई भड्खालो हाल्न चाहेको उनको आरोप छ ।