• शनिबार, असोज १० २०८३

केपी ओली एन्ड कम्पनीको आयु पुगिसक्यो : नेपाल


मंगलबार, पुष १४ २०७७
820
Shares

काठमाडौं । नेकपाका अध्यक्ष माधवकुमार नेपालले निरंकुशताको बाटो समातेका केपी ओली एन्ड कम्पनीको आयु पुरा भएको दाबी गरेका छन्।

संसद् विघटनविरुद्धमा नेकपा (प्रचण्ड—नेपाल) पक्षले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेपालले निरंकुश केपी ओली एण्ड प्रवृत्तिको अन्त्य भएको बताएका हुन् ।

अध्यक्ष नेपालले ओलीले एकपछि अर्को प्रतिगमनकारी कदम चालेको आरोप लगाए। नेपालले ओली गणतन्त्रविरोधि भएको भन्दै यो व्यवस्थाप्रति उनलाई माया नभएको बताए ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदमप्रति मेचीदेखि महाकालीबाट पनि विरोध भएको नेपालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार