• आइतबार, साउन ३१ २०८३

ओली सच्चिन तयार भए हामी छलफलका लागि तयार छौँ : अध्यक्ष नेपाल


मंगलबार, पुष १४ २०७७
695
Shares

काठमाडौं । नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुधार गर्न नसकिने बताएका छन्।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले काठमाडौँको भृकुटीमण्डपमा गरेको विरोधसभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले गल्ती स्वीकार गर्नुपर्ने बताएका छन्।

उनले प्रधानमन्त्री ओली सच्चिन्छन् कि भनेर आफूहरुले पार्टी सदस्यबाट नहटाएको बताए।

उनले केही नेताहरु अझै पनि प्रधानमन्त्री ओलीलाई सुधार गर्न सकिन्छ कि भनेर लागिरहेको उनले बताए।

उनले गल्ती स्वीकार गरेर सच्चिन तयार भए आफूहरु छलफलका लागि तयार रहेको उनले बताए। अध्यक्ष नेपालले सूर्य चिन्ह गुटको नभइ पार्टीको हुने दावी गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार