• आइतबार, साउन १० २०८३

गोरखामा प्रचण्ड–नेपाल समुहको विरोध सभा, जुलुस निकाल्नु अघि दुई पक्षवीच विवाद


मंगलबार, पुष १४ २०७७
690
Shares

गोरखा । नेकपाको प्रचण्ड–नेपाल पक्षले गोरखामा विरोध प्रदर्शन सहित सभा आयोजना गरेको छ । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर राजनीतिक कु गरेको भन्दै प्रचण्ड–नेपाल समुहले गोरखा सदरमुकाममा विरोध प्रदर्शन आयोजना गरेको हो ।

विरोध सभालाई नेकपाका केन्द्रिय सदस्य तथा पूर्व साँसद हरिराज अधिकारी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिनेशचन्द्र देवकोटा, नेकपाका गोरखा अध्यक्ष लेखबहादुर थापा लगायतले सम्बोधन गरेका थिए ।

सभामा बाेल्ने अधिकांश वक्ताले केपी ओलीले असंवैधानिक कदम चालेकाले सर्वोच्च अदालतले निर्णय सच्याउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको सञ्चालन विशेश्वर कट्टेलले गरेका थिए ।

विरोध ¥याली सुरु हुनुअघि साविकको एमाले कार्यालयमा पार्टी कार्यालयका बिषयमा केपी ओली समुह र प्रचण्ड–नेपाल समुहका नेता कार्यकर्तावीच केहि बेर विवाद भएको थियो ।

विशेष गरेर प्रचण्ड–नेपाल समुहले कार्यालयको प्रांगढबाट ¥याली सुरु गर्न खोजेपछि उनिहरुलाई प्रहरीले रोक्न खोज्दा विवाद सुरु भएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार