• आइतबार, साउन १० २०८३

काँग्रेसलाई सरकारमा जान हतार छैन : बालकृष्ण खाँण


मंगलबार, पुष १४ २०७७
730
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाली काँग्रेसलाई सरकारमा जान हतार नरहेको बताएका छन् ।

प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खाँणले प्रदेश सरकारमा विभिन्न विकल्पहरुमाथि चर्चा हुन थालेकोतर्फ संकेत गर्दै काँग्रेसले अहिले सरकारका लागि दाबी नगरेको स्पष्ट पारे ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दौ सरकार असंवैधानिक, अधिनायकवादी र अलोकतान्त्रिक भएको बताए ।

उनले कुन पक्षसँग मिलेर सरकारमा जाने भन्नेचाहिँ खुलाएनन् । तर मुद्दा नमिल्ने पक्षसँग सहकार्य नहुने उनको भनाइ थियो ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावाद र अधिनायकवादको यात्रामा लागेको आरोपसमेत लगाए । प्रतिनिधि सभा विघटन गरी ओलीले सर्वसत्तावाद लाद्न खोजेको उनको भनाइ थियो ।

खाँणले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्तावलाई राष्ट्रपतिले विचारै नगरी स्वीकृत गर्नुले सर्वसत्तावाद हावी भएको बताए ।

प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिकोमा लैजानु र विचारै नगरी राष्ट्रपतिबाट स्वीकृत हुनु असंवैधानिक कदम भएको बताउँदै उनले नेपाली काँग्रेसले संविधानको पक्षमा आवाज उठाउने बताए ।

संसदमा भ्रष्टाचारका मुद्दाहरुमा प्रश्न उठ्ने र जवाफ दिन सक्ने अवस्था नभएपछि संसद विघटन गरिएको उनको आरोप छ । आगामी वैशाखमा गर्ने भनिएको निर्वाचन पनि हुन सक्नेमा आशंका गर्दै उनले सरकार आफै निर्वाचन गराउने पक्षमा नरहेको टिप्पणी गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार