सप्तरी । राजातन्त्र र हिन्दु राष्ट्रको माग गर्दै सप्तरी सदरमुकाम राजविराजमा राजावादीले निकाल्न लागेको र्यालीमा अन्य दलका कार्यकर्ताले अवरोध पुर्याएका छन् ।
स्थानीय शिव मन्दिर प्राङ्गणबाट र्याली निकाल्न सुरु गर्नुअघि नै नेकपा, कांग्रेस र जसपाका युवाहरुले अवरोध गरेका हुन् ।
राजा र हिन्दु राष्ट्रको पक्षमा प्ले कार्ड, व्यानर र राष्ट्रिय झण्डा बोकेर र्याली निकाल्न लागेको सूचना पाएपछि पुगेका नेकपा तथा जसपाका युवाहरुले ती सामग्री खोसेर आगो लगाएका छन् ।
गणतन्त्रलाई मास्ने काम स्वीकार्य नहुने भन्दै युवा विद्यार्थीहरू प्रतिवादमा उत्रेका हुन् । युवा विद्यार्थीको प्रतिवाद पछि राजावादीहरु भागेका थिए ।
मंगलबारै प्रचण्ड—माधव समूहको नेकपाले समेत प्रदर्शन गर्ने तयारी गरेको छ । अहिले राजविराजमा व्यापकरुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।