• आइतबार, साउन १० २०८३

विप्लव समूहले तीन दलसँग मिलेर ओलीविरुद्ध रणनीतिक मोर्चा बनाउने


मंगलबार, पुष १४ २०७७
1.1K
Shares

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार साना कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निरंकुशता, फसिवाद दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासका लागि रणनीति मोर्चा बनाउने भएका छन् ।

मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन बैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानकि समाजवादी कम्युनिस्ट पार्टी रहने भएका छन् ।

विप्लव, वैद्य, कट्टेल र आहुतीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै रणनीतिक मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम चाडै सार्वजनिक गर्ने जनाएका छन् ।

संसद विघटन गर्ने कदम पार्टीको आन्तरिक मामिला नभएको भन्दै उनीहरुले यसलाई संसदीय व्यवस्थाको असफलताको द्योतक भएको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार