काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका एक मन्त्रीलाई बर्खास्त गरेका छन्।
मंगलरबार मुख्यमन्त्री भट्टले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका हुन्।
नेकपा विभाजनका क्रममा मुख्यमन्त्री प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा र मन्त्री बोहरा प्रधानमन्त्री ओली नेतृत्वको नेकपामा लागेका छन्।
मुख्यमन्त्री र सरकारविरुद्ध गतिविधि गरेको भन्दै बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए।
बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड—माधव नेपाल पक्षको मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।