• शनिबार, असोज १० २०८३

भारतकै कान्छी मेयर बनिन् कम्युनिस्ट नेत्री आर्या


सोमबार, पुष १३ २०७७
1K
Shares

काठमाडौं । २१ वर्षकी विद्यार्थी आर्या एस राजेन्द्रन भारतकै कान्छी मेयर बन्ने भएकी छिन्।

आर्या भारतको केरला राज्यको तिरुवनन्तपुरमको मेयर बन्ने भएकी हुन्।

हालै सम्पन्न नगर निगम निर्वाचनमा भारतीय कम्युनिस्ट पार्टी ‘मार्क्सवादी’ भाकपाबाट विजयी भएकी आर्यालाई पार्टीले तिरुवनन्तपुरमको मेयर उम्मेदवार बनाएको थियो।

तिरुवनन्तपुरमको अल सेन्ट्स कलेजमा बीएससी म्याथ्सको दोस्रो वर्षमा अध्ययनरत आर्याले २८ सय ७२ भोट ल्याएकी थिइन्।

मेयर बन्ने निश्चित भइसकेकी आर्याले प्रतिस्पर्धी कांग्रेस उम्मेदवारभन्दा ५४९ बढी भोट ल्याएकी थिइन्। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार