• आइतबार, साउन १० २०८३

संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप बस्न मिल्दैन : प्रकाशमान सिंह


सोमबार, पुष १३ २०७७
955
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस वक्तव्य जारी गरेर बस्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संवैधानिक कू गरेको भन्दै उनले सबै मिलेर संविधानलाई ट्र्याकमा ल्याउनुपर्ने बताए ।

संसद विघटनको विरोधमा प्रमुख विपक्षी कांग्रेसले सोमबार १६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन गरेको छ ।

नयाँ बानेश्वरमा आयोजित काठमाडौं क्षेत्र नम्बर १ को विरोध प्रदर्शनलाई सम्बोधन गर्दै सिंहले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन समेत डराएर संसद विघटन गरेको तर, झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको सरकार भन्दै हिँडेको उनको आरोप छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार