• आइतबार, साउन १० २०८३

काठ तस्करीको अभियोग झेलेका नेतालाई वन मन्त्रालयको जिम्मा


सोमबार, पुष १३ २०७७
1K
Shares

काठमाडौं । सरकारले संसद विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका सात मन्त्रीले सामूहिक राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले १० पुसमा मन्त्रिपरिषद् विस्तार गरे ।

शक्ति बस्नेतले राजीनामा दिएपछि रिक्त रहेको वन तथा वातावरण मन्त्रालयमा प्रेम आलेलाई ल्याइएको छ । डोटीबाट सांसद बनेका नवनियुक्त वनमन्त्रीको विगत भने धुमील छ ।

वन तथा वातावरण संरक्षणको जिम्मेवारी पाएका आलेलाई कुनै बेला वन विनाशको अभियोग लागेको थियो ।

डोटी जिल्ला साविक छतिवन गाविस–९ मा स्थायी घर भएका उनले सोही गाविसको वडा नम्बर ८ र ५ मा सल्लाको रुख काटेको मुद्दा अदालतमा पुगेको थियो ।

१० वैशाख २०५५ मा हालका मन्त्री आलेले साविक छतिवन–८ घर भएका राधेश्याम बडायरसँग मिलेर काठ तस्करी गरेको अभियोग पत्रमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार