• आइतबार, साउन ३१ २०८३

अध्यक्ष नेपाल र चिनियाँ टोलीबिच भेटवार्ता


सोमबार, पुष १३ २०७७
630
Shares

काठमाडौं । नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले नेकपाका नेताहरुसँग भेट वार्ता गरिरहेको छ।

सोमबार विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको टोलीले अहिले पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष माधवकुमार नेपालसँग बानेश्वरस्थित एक होटेलमा भेट गरिरहेको छ ।

पूर्वप्रधानमन्त्री नेपालसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौसहित चार जना सहभागी छन्।

आइतबार नेपाल आइपुगेको टोलीले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई र राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो।

सोमबार नै नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गर्ने तय भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार