• आइतबार, साउन १० २०८३

विप्लव समूह र प्रहरीबीच गोली हानाहान


सोमबार, पुष १३ २०७७
980
Shares

काठमाडौं । नेकपा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ।

आइतबार दिउँसो संखुवासभा चैनपुर–४, मैदानेस्थित जंगलमा प्रहरीले सर्च अप्रेसन सुरु गरेपछि विप्लव समूहका कार्यकर्ताले गोली चलाएको र प्रहरीले पनि जवाफी फायर गरेको प्रदेश नं १ का प्रहरी प्रमुख डीआईजी इश्वरबाबु कार्कीले बताए।

मोरङको मिक्लाजुङमा विप्लव समूहले शिक्षकको हत्या गरेपछि प्रहरीले पूर्वमा विप्लव समूहको खोजी कार्य जारी राखेको छ। गोली प्रहारपछि कसैलाई पक्राउ गर्न असफल भएपनि केही हतियार तथा विस्फोटक सामग्री बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरु ४/५ जनाको समूहमा थिए। यसअघि खोटाङको जंगलमा समेत प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको थियो। अन्य केही विप्लव समूहका कार्यकर्ता भने भागेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार