• आइतबार, साउन १० २०८३

काँग्रेसले आज देशभर बिराेध प्रदर्शन गर्दै, गोरखामा सम्बाेधन काे-काे आउदैछन ?


सोमबार, पुष १३ २०७७
1.2K
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गरिएको विरोधमा आज देशभरका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन मुलुकभर सडक प्रदर्शन गर्न लागेको हो ।

प्रत्येक निर्वाचन क्षेत्रमा हुने प्रदर्शनका लागि सभापति शेरबहादुर देउवाबाहेक सबै नेताहरू आ आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शमाले सभापति देउवाले भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । नेता रामचन्द्र पौडेल भने आफ्नो गृहजिल्ला तनहुँ पुगेका छन् ।

यता गोरखामा दुइ निर्वाचन क्षेत्र मै प्रदर्शनकाे तयारी भएकाे छ । क्षेत्र नम्बर १ काे घैरुङमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ र २ काे भच्चेकमा हुने सभालाइ धनराज गुरुङले सम्बाेधन गर्ने नेपाली काँग्रेस गोरखाले बताएकाे छ ।

अन्य पदाधिकारीहरू पनि आ-आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्रमा पुगेको सचिव शर्माले बताए । नेता पौडेलले तनहुँमा आयोजित दुई कार्यक्रमलाई सम्वोधन गर्ने उनको सचिवालयले बताएको छ । दुइ वटा कार्यक्रमलाई सम्बोधन गर्न पुगेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार