• आइतबार, साउन १० २०८३

सडकका मान्‍छेलाई मन्त्री बनाएर ओलीले दम्भ प्रदर्शन गरे : बाबुराम


सोमबार, पुष १३ २०७७
895
Shares

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले चुनाव घोषणा गरेको प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्न नसक्ने बताएका छन् । काठमाडौँको शान्तिबाटिकामा भएको कोण सभामा बोल्दै डा भट्टराईले इतिहास दोहोरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत संसद विघटन गरेको आरोप लगाए । 

उनले ओलीले चुनावको घोषणा गरेर सडकबाट टिपेर मन्त्री बनाएको भन्दै उनमा कति दम्भ छ भन्‍ने प्रमाणित भएको तर्क गरे । प्रधानमन्त्री र राष्ट्रपति प्रतिगमनमा गएको भनेर तुरुन्तै विरोध गरेको बताउँदै यो असंवैधानिक र अलोकतान्त्रिक भएको उनले बताए । भट्टराइले ओली आफूले काम गर्न नसक्ने अनि काम गर्न दिएनन् भनिरहेको भट्टराईको भनाइ छ । सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै यो कदमको सशक्त विरोध गर्नुपर्ने बताए । 

त्यस्तै नेता राजेन्द्र महतोले प्रतिनिधि सभा विघटन गर्ने कदमलाई प्रतिगमन भएको भन्दै आलोचना गरे । सातवटा संविधान बनाइए पनि प्रतिगमन भएको उनले बताए । 

जसपाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनको घोषणा हुनु असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै पूर्णरूपमा खारेज गरेको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार