• आइतबार, साउन १० २०८३

प्रचण्ड–नेपाल समूहले ग¥यो आन्दोलनको घोषणा, हेर्नुस यस्ता छन् कार्यक्रम


सोमबार, पुष १३ २०७७
745
Shares

गोरखा । प्रचण्ड नेपाल समूह नेतृत्वको नेपाल कम्युष्टि पार्टी (नेकपा) गोरखाले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आइतबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिष्ट पार्टी गोरखाले १२ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

आगामी पुस १४ गते सदरमुकाममा जनप्रदर्शनसहित विरोध कार्यक्रम गर्ने, पुस १६ र १७ गते नगर कमिटी र गाउँपालिका कमिटीको बैठक तथा भेला, प्रशिक्षण गर्ने, पुस २० गते जिल्लामा क्रियाशील जनवर्गीय संगठन तथा मोर्चा र जातीय संगठनहरुको भेला गर्ने निर्णय गरेको छ ।

यस्तै पुस २२ गते जननिर्वाचित जनप्रतिनिधिहरुको भेला तथा प्रशिक्षण गर्ने, पुस २१ गतेदेखि २५ गतेसम्म वडा पार्टीको भेला तथा प्रशिक्षण गर्ने निर्णय भएको प्रेस विज्ञप्ती जारी गर्दै नेकपा गोरखाले जनाएको छ । जिल्ला कमिटिको बैठक बसी आन्दोलनका कार्यक्रमहरु तय गरिएको अध्यक्ष लेखबहादुर थापाले बताए । उक्त समूहले आइतबार नेता कार्यकता प्रशिक्षण समेत गरेको छ ।

कार्यक्रमलाई संबोधन गर्दै केन्द्रिय सदस्य हरिराज अधिकारीले केपी ओलीको सत्ता लिप्साले नेपाली कम्यिुनिष्ट आन्दोलन गम्भिर मोडमा पुगेको भन्दै चिन्ता व्यक्त गरे । बहुसंख्यक नेता कार्यकर्ता ओलीको कदम विरुद्धमा रहेकाले प्रचण्ड नेपाल नेतृत्वको नेकपाले नै बैधानिकता पाउने उनको दाबी छ । प्रधानमन्त्री ओलीले देशलाई गम्भिर दुर्घटना तर्फ पु¥याएको भन्दै त्यसको प्रतिकारमा उत्रिन उनले नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

सोही बैठकले नेकपाको जिल्ला कार्यसमिति बिस्तार गरी १ हजार १ सदस्सिय बनाएको छ । जिल्ला अध्यक्ष लेखबहादुर थापा मगरको अध्यक्षतामा भएको भेलालाइ नेकपा केन्द्रीय सदस्य हरीराज अधिकारी, सुसिला सिँखडा, कृष्ण धिताल जुद्धविलास भण्डारी, विकलकुमार श्रेष्ठ, विश्वेश्वर कट्टेल लगायतले सम्बोधन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार