• शनिबार, असोज १० २०८३

चुनावको घोषणापछि मन्त्री नियुक्त गर्नै मिल्दैन : पूर्वप्रधानमन्त्री भट्टराई


आइतबार, पुष १२ २०७७
905
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनावको घोषणा गरेपछि प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्न नमिल्ने बताएका छन्।

जनता समाज पार्टी (जसपा) का अध्यक्ष भट्टराईले प्रधानमन्त्रीले एकातिर संसद विघटन गरेर चुनाव घोषणा गर्ने र अर्कोतर्फ उनै प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्त गर्न कुनै हालतमा नमिल्ने बताए।

उनले आफू प्रधानमन्त्री रहँदा तत्कालीन संसदसमेत रहेको संविधान सभा विघटन भई चुनावको मिति घोषणा भएपछि आफूले मन्त्री नियुक्त नगरेको बताए।

उनले आफ्नो पालामा १२ वटा मन्त्रालय खाली रहदाँ पनि बहालवाला मन्त्रीहरुलाई जिम्मेवारी दिएर साथै ५–६ वटा मन्त्रालय आफैले हेरेको बताए ।

संसद विघटनविरुद्ध जसपाले काठमाडौंको शान्तिवाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै भट्टराईले आवश्यक हुँदा पनि आफुले नैतिकताका आधारमा मन्त्री थपघट नगरेको जबनकारी दिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेर प्रतिगमन गर्न खोजेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार