• आइतबार, साउन १० २०८३

देश प्रधानमन्त्री र राष्ट्रपतिको निजी सम्पत्ति होइन : डा. केसी


आइतबार, पुष १२ २०७७
710
Shares

काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अवैध तथा अनधिकृत भएको बताएका छन्।

आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै डा. केसीले संसद विघटनको प्रयासप्रति आफ्नो घोर आपत्ति रहेको बताएका हन्।

उनले विधिको विधिको शासन स्थापनाका लागि लामो समयदेखि प्रधानमन्त्री ओलीको अधिनायकवादी प्रवृत्तिको विरोध गर्दै आएका स्मरण गरेका छन्।

डा. केसीले नेपाल प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीको निजी सम्पत्ति नभएको बताउँदै जनताले उनीहरुलाई पूर्वराजा ज्ञानेन्द्रको हालतमा पु¥याइदिने चेतावनी दिएका छन्।

उनले अहिलेको संविधान र गणतन्त्र जनताले रगत बगाएर ल्याएको भन्दै संविधान र गणतन्त्रलार्ई आफ्नो स्वार्थको फुटबल नबनाउन आग्रह गरे।

उनले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर चालिएको यस्ता कदमलाई न्यायालयले सच्याइदिनेछ भन्ने नागरिकहरुको अपेक्षा रहेको बताउँदै न्यायालय पनि अग्निपरीक्षामा रहेको बताए।

न्यायालयले जस्तो फैसला गरे पनि सत्ताको उन्मादमा रहेका व्यक्तिहरुको प्रहारबाट विधिको शासन र संविधानलाई जोगाउने जिम्मेवारी नागरिकको भएको उनले बताए।

उनले सत्तारुढ ओली गुटबाहेक अन्य गुट र दलका नेताहरुलाई पनि आफू सत्ताबाट लखेटिएको बेला मात्रै विधिको शासन याद आउने विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताए।

संविधान र विधिको शासनलाई निःशर्त स्थापित गर्न सके मात्रै सबैको कल्याण हुने हुँदा त्यसका लागि निरन्तर सक्रिय हुन उनले सबैलाई अपिल समेत गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार