• आइतबार, असोज १८ २०८३

ओलीनिकट जिल्ला अध्यक्ष पौडेलले राजनीतिबाटै लिए सन्यास


आइतबार, पुष १२ २०७७
945
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको फुट दुःखद् भएको भन्दै एक जिल्ला अध्यक्षले राजनीतिबाटै सन्यास लिएका छन्।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिने धादिङ नेकपा अध्यक्ष नेत्र पौडेलले राजनीतिबाट सन्यास लिएर सामाजिक कार्यमा लाग्ने घोषणा गरेका हुन्।

उनले जीवनको पीडादायी निर्णय भन्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

पार्टीलाई घर र कार्यकर्तालाई मजदूर बिम्बका रुपमा प्रस्तुत गर्दै उनले लामो समय लगाएर एउटा सुन्दर घर बनाएको र कोठमा कुरा नमिलेका कारण नयाँ घर बनाउन खोजेको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।

उनले पार्टी विभाजनपछि नयाँ पार्टी बनाउने होड चलेको भन्दै नयाँ पार्टीमा लाग्न आफ्नो मन नमानेको बताएका छन्। उनले मन नै नमानेपछि तनमात्र लिएर हिँड्नु मन हुनेका लागि पनि घातक हुने बताएका छन्।

उनले नयाँ पार्टी निर्माणको जिम्मा युवाको काँधमा छाडेको बताएका छन्। साथी भाइलाई नाइ भन्न नसक्ने आफ्नो बानीका कारण केही समय सम्पर्क बाहिर हुने भन्दै उनले आफूलाई सम्झाउने कुरामा समय बर्बाद नगर्न समेत आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार