• आइतबार, साउन १० २०८३

राष्ट्रपति सीको सन्देशसहित काठमाडौं आइपुग्यो चिनियाँ टोली


आइतबार, पुष १२ २०७७
1.1K
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेको सन्दर्भमा चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणमा आएको छ ।

चीनबाट चिनियाँ कम्युनिस्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोली काठमाडौं आएका हुन् । उक्त टोली बेइजिङबाट छङ्तुको बाटो हुँदै आइतबार मध्यान्हतिर काठमाडौं उत्रिएका हुन् ।

वेइजिङस्थित उच्च कूटनीतिक स्रोत र नेपालस्थित नेकपा स्रोत अनुसार नेकपा विभाजनको कारण खोतल्ने र राजनीतिक स्थिरताका सम्भावना खोज्ने उद्देश्यले राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर हतारमा चिनियाँ टोली काठमाडौं उत्रिएको हो।

नेकपाका एक नेताका अनुसार नेपालमा रहेकी चिनियाँ राजदूत होउ यान्छीले पनि पहिलेदेखि नै नेकपामा विवाद आएपछि पार्टी फुट्न नहुने र मिलेर जान आग्रह गरिरहेकी थिइन् ।

यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शुक्रबार अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पूर्व सभामुख कृष्णबहादुर महारासँग भेटघाट गरेकी थिइन् ।

सत्तारुढ नेकपा विभाजित बनेको बेला भएको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार