• शनिबार, असोज १० २०८३

अहिले सरकारको पहिलो प्राथमिकता निर्वाचन होः सहरी विकासमन्त्री


आइतबार, पुष १२ २०७७
835
Shares


काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री प्रभु साहले पदभार ग्रहण गरेका छन्।

मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री साहले सरकारको पहिलो प्राथमिकता निर्वाचन भएकाले सोहीअनुसार काम गर्ने बताएका हुन्।

त्यस्तै साहले चालू आर्थिक वर्षको बजेटमा समावेश कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउने गरी दोस्रो प्राथमिकता रहेको बताए।

यसबाहेक कतिपय ठाउँमा कोरोना महामारी जटिल बनेकाले सरकारले त्यसलाई पनि ध्यान दिने उल्लेख गरे।

सहरी विकास मन्त्रालय विकाससँग जोडिएकाले विकासलाई प्रभावकारी बनाउने उनको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार