• आइतबार, साउन १० २०८३

प्रदेश नं १ को हिउँदे अधिवेशन माघ ७ गते


आइतबार, पुष १२ २०७७
795
Shares

प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ ।

प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिन अपराह्न २ बजे बैठक बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिए ।

प्रदेशसभाको यसअघि छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते बसेर अन्त्य भएको थियो ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार