संसद विघटनका बिरुद्ध गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ ।
जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शनिबार साँझ हरमटारीचोकमा छुट्टाछुट्टै चरणमा कार्यक्रम गरी राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेका हुन् । जनता समाजवादी पार्टीले बसपार्कबाट मशाल जुलुससहित चोकमा पुगेर राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेका हुन् ।
जनता समाजवादी पार्टीको मसालु जुलुस तथा पुतला दहनपछिको कोण सभामा सो पार्टीका गण्डकी प्रदेशका सहसंयोजक रमेश पोखरेल, जिल्ला संयोजक नारायण खत्री, केन्द्रीय सदस्य रोहिणी पाण्डेलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
त्यस्तै नेकपाको कोणसभामा राष्ट्रिय युवा संघका सुदीप नगरकोटी, विद्यार्थी नेता आरके भट्ट लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।