• आइतबार, साउन १० २०८३

वागमती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा

शुक्रबार, पुष १० २०७७
1.4K
Shares

संसदमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै तीन मन्त्रीले राजीनाम दिएका छन्। आन्तरिक मामिलामन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन तथा वनमन्त्री अरुणकुमार नेपालले राजीनामा दिएका हुन्।

४५ जना सांसदको हस्ताक्षरसहित हेटौडामा अविश्वासको प्रस्ताव दर्ता भएका हो।

वागमती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा गठित सरकारप्रति विश्वास नरहेको भनी ४५ जना सांसदले शुक्रबार बिहान सो प्रस्ताव दर्ता गरेका हुन्।

दर्ता प्रक्रियामा सहभागी एक सांसदले भने, ‘दर्ता भएको छ। हाम्रो दर्ता नम्बर १ हो, हामी अहिले यहिँ छौं।’

उनका अनुसार प्रदेश सरकारका तीन मन्त्रीले पनि राजीनामा दिएका छन्।

संसदमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै तीन मन्त्रीले राजीनाम दिएका छन्। आन्तरिक मामिलामन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन तथा वनमन्त्री अरुणकुमार नेपालले राजीनामा दिएका हुन्।

४५ जना सांसदको हस्ताक्षरसहित हेटौडामा अविश्वासको प्रस्ताव दर्ता भएका हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार