• आइतबार, साउन १० २०८३

ओलीविरुद्ध प्रचण्ड–माधव पक्षले आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम


बिहिबार, पुष ९ २०७७
630
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध उभिएको प्रचण्ड–माधव पक्षीय नेपाल कम्युनिष्ट पार्टीले पहिलो चरणअन्तर्गत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

बिहीबार सकिएको उक्त पक्षको केन्द्रीय कमिटीले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलन परिचालन समितिको कमाण्डर तोक्दै पहिलो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

यस्ता छन् पुस महिनाभरका कार्यक्रमः

पुस १०ः बिहान साढे नौ बजे माइतीघरमण्डलमा र १२ बजे निर्वाचन आयोगमा पार्टीका केन्द्रीय सदस्य र पार्टीको तर्फबाट विघटित संसदमा रहेका सांसदहरुको उपस्थितिमा कार्यक्रम संचालन गरिने ।

पुस ११ः प्रदेश कार्यालयको संयोजनमा छलफल हुने र एक हप्ताभित्र प्रदेश कमिटीका बैठक सम्पन्न गरिने ।

पुस १२ः ७७ वटै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न गरिने । उक्त भेलमा प्रतिनिधिसभा विघटनविरुद्ध संघर्ष कसरी अगाडि बढाउने ? भन्नेबारे अभिमुखीकरण कार्यक्रम गरिने ।

पुस १४ः राजधानीमा र जिल्ला जिल्लामा प्रतिनिधिसभाको विघटनविरुद्ध विरोध कार्यक्रम संचालन गरिने । त्यस्तै सबै जनवर्गीय संगठन र मोर्चा संगठनका केन्द्रीय बैठक र भेला आयोजना गरिसक्ने ।

पुस २०ः सबै नगरपालिका र गाउँपालिकासम्म पार्टीको बैठक/भेला आयोजना गरिने ।

पुस २५ः सबै वडाहरुमा बैठक/भेला आयोजना गरिने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार