• शनिबार, असोज १० २०८३

प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक सुरु


बिहिबार, पुष ९ २०७७
1.4K
Shares

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक सुरु भएको छ।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आज बिहीबार १ बजे केन्द्रीय समितिको बैठक बस्नुअघि स्थायी समिति बैठक सुरु भएको हो।

स्थायी समितिको सो बैठकले पार्टी महासचिव र अन्य नेताहरुको प्रमुख कार्यविभाजन तोक्ने संभावना रहेको बताइएको छ।

स्थायी समितिको सो प्रस्तावलाई केहिबेरमा बस्ने केन्द्रीय समितिबाट अनुमोदन गर्ने कार्यक्रम रहेको बैठकस्थलमा रहेका एक नेताले बताए।

पार्टी महासचिवमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई बनाउनेबारे नेताहरुबीच समझदारी बनिसकेको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार