• आइतबार, साउन १० २०८३

ओलीलाई छाडेर प्रचण्ड–माधव पक्षमा फर्किए शेरबहादुर र उषाकला


बिहिबार, पुष ९ २०७७
1K
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहतिर लागेका छन् । सोमबार र मंगलबार ओली समूहको बैठकमा सहभागी हुँदै आएका उनी प्रचण्ड–माधव समूहतिर फर्किएका हुन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका तामाङ सोमबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सांसदहरुको बैठक र मंगलबार केन्द्रीय सदस्यहरुको बैठकमा सहभागी भएका थिए ।

तर, आज उनी प्रचण्ड–माधव पक्षको बैठकमा जाने भएका छन् । तामाङ सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् ।

उनकी पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । उनलाई ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो । उनले केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार