• आइतबार, साउन १० २०८३

प्रचण्ड–नेपाल पक्षको बैठक दिउँसो १ बजेका लागि सर्‍यो


बिहिबार, पुष ९ २०७७
1.2K
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक सरेको छ।

बिहान ११ बजे बोलाइएको बैठक केही नेताहरूसँगको छलफल बाकी रहेको भन्दै १ बजेका लागि सारिएको हो।

सो समूहको आजको बैठकले पार्टी महासचिव चयन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमार्फत गरेको संवैधानिक ‘कू’का विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने नेताहरूले बताएका छन्।

सो समूहको महासचिवका लागि नेताहरू नारायणकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, वर्षमान पुन र जनार्दन शर्माको नाम चर्चामा रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार