• शनिबार, असोज १० २०८३

प्रचण्ड—माधव पक्षले आज नेकपाको महासचिव चयन गर्ने


बिहिबार, पुष ९ २०७७
830
Shares

काठमाडौं । नेकपाका प्रचण्ड—माधव पक्षले आज (बिहीबार) बस्ने बैठकमापार्टीको महासचिव चयन गर्ने तयारी गरेको छ।

साविक महासचिव विष्णु पौडेल ओली समूहतर्फ रहेकाले प्रचण्ड—माधव पक्षले अर्का महासचिव चयन गर्न लागेका हुन्।

आज बिहान साढे ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले महासचिव चयन गर्ने नेकपाका एक नेताले जानकारी दिए।

उनका अनुसार नेकपाको विधानमा पार्टीको बैठक महासचिवले बोलाउनुपर्ने प्रावधान छ। आजको केन्द्रीय कमिटी बैठक यसअघि मंगलबार बसेकै बैठकको निरन्तरता तथा मंगलबारको बैठक पुस १ गते अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विष्णु पौडेलसमेत उपस्थित स्थायी कमिटी बैठकले गरेको निर्णयबमोजम बसेको हो।

अब अर्को नयाँ बैठक बोलाउन महासचिवको आवश्यकता पर्ने हुनाले आजको बैठकले महासचिव चयन गर्ने निणर्य गरेको ती नेताले बताए । अन्यथा पार्टीको विधान नै संशोधन गर्नुपर्ने हुन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार